Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै


काठमाडौ : संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे शुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार
तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको
वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक
प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रश्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी,
प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भइ दर्ता भएको संकल्प प्रश्तावका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक तर्फबाट २०७९
सालको प्रतिनिधि सभामा निर्वाचित सदस्य एवं वञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भुमिका निभाउनुभएकी शहनाज रहमानको निधन भएकोमा
उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूचि रहेको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?