Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै


काठमाडौ : संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे शुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार
तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको
वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक
प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रश्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी,
प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भइ दर्ता भएको संकल्प प्रश्तावका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक तर्फबाट २०७९
सालको प्रतिनिधि सभामा निर्वाचित सदस्य एवं वञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भुमिका निभाउनुभएकी शहनाज रहमानको निधन भएकोमा
उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूचि रहेको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?