Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

वृद्धाश्रममा सेनाद्वारा सहयोग


कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको वृद्धाश्रममा आज बिहान नेपाली सेनाले न्यानो लुगा र खाद्य सामग्री सहयोग गरेको छ । नेपाली सेना सैनिक श्रीमती सङ्घ, श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालाई न्यानो लुगा (मण्डी) का साथै खाद्यान्न (चामल, दाल, तरकारी, चिनी चियापत्तीलगायत) सामग्री उपलब्ध गराएको हो ।

वृद्धाश्रममा रहेको १९ जना वृद्धवृद्धालाई राहत तथा न्यानो लुगा वितरण गर्दै यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले सेना र सैनिक श्रीमती सङ्घबाट जनमुखी सामाजिक काम अवस्था र आवश्यकताअनुसार गर्दै आएको बताउनुभयो । “वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न सहजता होस् भनेर सामग्री उपलब्ध गराइएको हो”, बाहिनीपति सहायकरथी ढकालले भन्नुभयो, “जनतासित सधै नेपाली सेना भन्ने भावना अभिवृद्धिका लागि पनि अभाव रहेका क्षेत्रमा सेनाले लामो समयदेखि सहयोग तथा सहकार्य रहँदै आएको छ ।” नेपाली सेनाले वृद्धाश्रमका ज्येष्ठ नागरिकको सहजताका लागि आधुनिक दुई कोठे शौचालयसमेत यहाँ निर्माण गरिदिएको छ भने केही वर्षअघि सेनाको जनशक्ति र दाताको सामग्री सहयोगमा वृद्धाश्रमको चौतर्फी पर्खाल निर्माण गरिएको थियो । न्यानो लुगा तथा खाद्यान्न वितरण कार्यक्रममा बाहिनीपति ढकालसँगै यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी सुमित श्रेष्ठ र वद्धाश्रम सञ्चालक समितिका पदाधीकारी सहभागी थिए ।

सैनिक श्रीमती सङ्घ पनि लामो समयदेखि प्रतिकूल मौसम तथा विभिन्न प्रकोपमा मुलुकका समस्याग्रस्त क्षेत्रमा योगदान पु¥याउँदै आएको नेपाली सेनाले जनाएको छ । त्यसैगरी पाँच दिनअघि नेपाली सेना सैनिक श्रीमती सङ्घ, श्री नं २५ बाहिनी र श्रीदल गुल्मको समन्वय तथा सहकार्यमा यहाँको लालझाडी गाउँपालिकामा समेत ज्येष्ठ नागरिक, असहायक बालबालिका र अपाङ्गता भएको व्यक्तिलाई सहयोग गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?