Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

समिक्षा र अभिनयको ‘हाई गर्मी’ बजारमा ( भिडियो सहित )


काठमाडौं: गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन्। सुबिन गोदार र एलेक्स पुडासैनीले भिडियोलाई छायाँकन गरेका हुन्। बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

साउथ अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ, ‘मानवतस्कर’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

 


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?