Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ सार्वजनिक ( भिडियो सहित )


काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्न सकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्म छायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौ । म्युजिक भिडियोमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ ।

टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडियोमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ । गीत स्रोता एंव दर्शकहरुले माया गर्नेमा आफु विश्वस्त रहेको र सामाजिक कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए । हेर्नुहोस म्युजिक भिडियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?