Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

साढे ८ किलोमिटर सडक कालोपत्रे ३ वर्षमा पनि सकिएन


गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या भएको हो । पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनीबीचको विसं २०७९ साउनसम्ममा निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ साउन १४ गते सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं २०८० वैशाखसम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीको लापरवाहीका कारण सवारी साधनका साथै पदैल यात्रीले समेत सास्ती खेप्दै आएका छन् । हिलाम्मे सडक तथा खाल्डाखुल्टीका कारण आवागमनमा समस्या भएको स्थानीय अमर गुरुङले बताए । पानी परेपछि करिब नौ किलोमिटर दुरी पार्न गर्नका लागि माघ नलागेसम्म पर्खिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘पानी परेपछि गाडी ओहोरदोहोर गर्नसक्ने अवस्था नै हुँदैन’, उनले भने, ‘समयमा काम सकिदिएको भए अहिले सडक कालोपत्रे भएको डेढवर्ष भइसक्थ्यो । तर अझै कहिले सम्पन्न हुन्छ टुङ्गो छैन ।’ ठेकेदार कम्पनीको लापरवाहीले गाउँपालिकाको केन्द्र र वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राहीसमेत सास्ती खेप्दै आएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘ ठेकेदार कम्पनीले अहिलेसम्म नाला निर्माण तथा दायाँबाँया कटिङ्गको काम समेत पुरा नगरेको भट्टले बताए । २९ करोड ७७ लाखमा ठेक्का सम्झौता गरिएको भएको र सम्झौताअनुसार कम्पनीले आठ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने थियो ।

आइतबार गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीयवासीसहित जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पूर्वाधार विकास कार्यालयका प्रमुखसहितको उपस्थितिमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरी काम अगाडि बढाउन ताकेता गरिएको अध्यक्ष भट्टले जानकारी दिए । छलफलपछि निर्माण कम्पनीले सडक कालोपत्रेको काम अगाडि बढाउने बताएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?