Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

साढे ८ किलोमिटर सडक कालोपत्रे ३ वर्षमा पनि सकिएन


गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या भएको हो । पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनीबीचको विसं २०७९ साउनसम्ममा निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ साउन १४ गते सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं २०८० वैशाखसम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीको लापरवाहीका कारण सवारी साधनका साथै पदैल यात्रीले समेत सास्ती खेप्दै आएका छन् । हिलाम्मे सडक तथा खाल्डाखुल्टीका कारण आवागमनमा समस्या भएको स्थानीय अमर गुरुङले बताए । पानी परेपछि करिब नौ किलोमिटर दुरी पार्न गर्नका लागि माघ नलागेसम्म पर्खिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘पानी परेपछि गाडी ओहोरदोहोर गर्नसक्ने अवस्था नै हुँदैन’, उनले भने, ‘समयमा काम सकिदिएको भए अहिले सडक कालोपत्रे भएको डेढवर्ष भइसक्थ्यो । तर अझै कहिले सम्पन्न हुन्छ टुङ्गो छैन ।’ ठेकेदार कम्पनीको लापरवाहीले गाउँपालिकाको केन्द्र र वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राहीसमेत सास्ती खेप्दै आएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘ ठेकेदार कम्पनीले अहिलेसम्म नाला निर्माण तथा दायाँबाँया कटिङ्गको काम समेत पुरा नगरेको भट्टले बताए । २९ करोड ७७ लाखमा ठेक्का सम्झौता गरिएको भएको र सम्झौताअनुसार कम्पनीले आठ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने थियो ।

आइतबार गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीयवासीसहित जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पूर्वाधार विकास कार्यालयका प्रमुखसहितको उपस्थितिमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरी काम अगाडि बढाउन ताकेता गरिएको अध्यक्ष भट्टले जानकारी दिए । छलफलपछि निर्माण कम्पनीले सडक कालोपत्रेको काम अगाडि बढाउने बताएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?