Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम


१५ ,असोज ,रसुवा । विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ ।

यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको छ । लाकोस संस्थाको सहयोगमा ‘सिप्ला सेकुरेटिज प्रालि’द्वारा हाइल्याण्ड आवासीय मावि धुञ्चेमा आयोजित स्वास्थ्य सम्बन्धी प्रशिक्षणबाट छात्रछात्रामा सकारात्मक परिवर्नत देखिएको हो ।

ती संस्थाले छात्रछात्रालाई नियमितरूपमा शारीरिक स्वच्छता कायम कसरी राख्ने, पर्यटन विकास र स–साना उद्योगबाट कसरी आय गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही खुलारूपमा प्रशिक्षण दिएका थिए ।

स्वास्थ्यसम्बन्धी विषयमा बढी केन्द्रित रहेको सो प्रशिक्षणमा स्तन तथा पाठेघरमा हुने क्यान्सनप्रति पूर्वसावधानी, स्यानिटरी प्याडको प्रयोग, शारीरिक सरसफाइजस्ता विषयमा जानकारी गराइएको थियो ।

प्रशिक्षणले छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी चेतनाको वृद्धि विकासमा टेवा पुगेको हाइल्याण्ड माविले जनाएको छ । कार्यक्रममा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ र आयोजक संस्थाका अध्यक्ष राहुल अग्रवालले स्वास्थ्य प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

सो अवसरमा सो विद्यालयका बालबालिकाद्वारा मनोरञ्जनात्मक नृत्य प्रदर्शन एवं स्वास्थ्यका विषयमा खुला प्रश्नोउत्तर समेत गरिएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष उत्तमबहादुर थापाले यस्ता चेतनामूलक कार्यक्रम विकट स्थानको गाउँगाउँसम्म पुर्याउन सुझाव दिए ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?