Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम


१५ ,असोज ,रसुवा । विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ ।

यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको छ । लाकोस संस्थाको सहयोगमा ‘सिप्ला सेकुरेटिज प्रालि’द्वारा हाइल्याण्ड आवासीय मावि धुञ्चेमा आयोजित स्वास्थ्य सम्बन्धी प्रशिक्षणबाट छात्रछात्रामा सकारात्मक परिवर्नत देखिएको हो ।

ती संस्थाले छात्रछात्रालाई नियमितरूपमा शारीरिक स्वच्छता कायम कसरी राख्ने, पर्यटन विकास र स–साना उद्योगबाट कसरी आय गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही खुलारूपमा प्रशिक्षण दिएका थिए ।

स्वास्थ्यसम्बन्धी विषयमा बढी केन्द्रित रहेको सो प्रशिक्षणमा स्तन तथा पाठेघरमा हुने क्यान्सनप्रति पूर्वसावधानी, स्यानिटरी प्याडको प्रयोग, शारीरिक सरसफाइजस्ता विषयमा जानकारी गराइएको थियो ।

प्रशिक्षणले छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी चेतनाको वृद्धि विकासमा टेवा पुगेको हाइल्याण्ड माविले जनाएको छ । कार्यक्रममा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ र आयोजक संस्थाका अध्यक्ष राहुल अग्रवालले स्वास्थ्य प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

सो अवसरमा सो विद्यालयका बालबालिकाद्वारा मनोरञ्जनात्मक नृत्य प्रदर्शन एवं स्वास्थ्यका विषयमा खुला प्रश्नोउत्तर समेत गरिएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष उत्तमबहादुर थापाले यस्ता चेतनामूलक कार्यक्रम विकट स्थानको गाउँगाउँसम्म पुर्याउन सुझाव दिए ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?