Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

उदयपुरमा परम्परागत पेसा लोप हुँदै


उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागतरुपमा विश्वकर्मा (चँदरा) जातिले उत्पादन गर्दै आएका काठका ठेका, ठेकी, हर्पे, दूध दुहुँने धुनेरोलगायत हस्तकलाका सामग्री उत्पादन गर्ने पेसा लोप हुँदै गएको छ । मध्यपहाडी क्षेत्रको बाँसबोटे, तावाश्री, यारीखोला तथा पश्चिमी पहाडी क्षेत्रको रुपाटारसहित पूर्वी क्षेत्रको बबला, चौदण्डी क्षेत्रमा काठका सामग्री हिजोआज उत्पादन हुन छाडेका छन् । उदयपुरगढी गाउँपालिका तावाश्रीका ७७ वर्षीय हर्कराज विश्वकर्मा अहिलेको युवा पुस्ताले हस्तकला सिक्नै नचाहेकाले पेसा नै सङ्कटमा परेको बताउनुहुन्छ । “पहिला पहिला गाउँघरमा गाई, भैँसीपालनसँगै ठेका, ठेकी, हर्पे र धुनेरोको माग हुन्थ्यो । आजभोलि पहिलाको जस्तो माग हुँदैन”, उहाँले भन्नुभयो ।

विगतमा काठका सामग्री उत्पादन गर्नेको सङ्ख्या धेरै थियो । अहिले युवाले यसप्रति चासो नदिँदा काठका सामग्रीको उत्पादन घटेको ताप्ली गाउँपालिका रुपाटार मादलेका कृष्णबहादुर राउतले बताउनुभयो । लिचुङबुङ गाउँपालिका–१ बासबोटेका ७० वर्षीय कर्णबहादुर विश्वकर्मा भन्नुहुन्छ, “बाउबाजेको पालमा हस्तकलाका सामग्री सिक्न सङ्खुवासभा, खोटाङ र रामेछाप पुग्ने गरेका थिए, वर्षौं लगाएर काठका सामग्री बनाउन सिकेर नदी किनारमा काठको घट्ट थापेर सामग्री कुद्ने र बनाउने चलन थियो । अहिले चासो नहुँदा पेसा नै सङ्कटमा छ ।” पहिला गाउँका प्रत्येक घरमा गाईभैँसी पाल्ने गरिन्थ्यो । पछिल्लो समय यो घट्दै गएको छ । पहिला दूध, दही, मही र घ्यु राख्न काठका सामग्रीको माग अत्यधिक हुने गर्दथ्यो । गाउँमा दार, खबारी, कटहर, आँपका काठबाट ठेका, ठेकी, हर्पे, धुनेरोलगायत सामग्री बनाइन्थे । अहिले यी सामग्री लोप भएका छन् । सीप र कलासमेत लोप हुन थालेको बासबोटेका लोकराज विश्वकर्मा बताउनुहुन्छ ।

बासबोटेका ७६ वर्षीय कूलबहादुर विश्वकर्मा भन्नुहुन्छ, “मैले दुई दशकअघिसम्म हजुरबुवाबाट सिकेको ज्ञान प्रयोग गरेर काठका सामग्री उत्पादन गर्थे, अहिले छोराहरुले यो सीप सिक्न चाहेनन्, गाउँका कोही युवाको पनि यसप्रति चासो छैन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार पहिला भोजपुर, धनकुटा, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरलगायतका स्थानमा यस्ता हस्तकलाका सामग्रीको माग हुने गरेको थियो । अहिले प्लाष्टिकका सामग्रीको माग बढेसँगै काठका सामग्रीको उत्पादन घटेको हो । यहाँको पाको पुस्ता हस्तकलाका सामग्री लोप भएर पेसा नै सङ्कटमा पर्नेमा चिन्तित छ । प्लाष्टिकका सामग्रीले हस्तकलाका सामग्रीलाई विस्थापित मात्र गरेको छैन चँदराको पेसा सङ्कटमा परेको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?