Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियतको सम्मान होस् : नेता महर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा ः कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आकलन गर्नुपर्ने बताउनुभयो । “कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ । यसपटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो”, उहाँले भन्नुभयो, “यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ ।

यसपटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनु पर्छ ।” उहाँले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसद्को सबभन्दा ठूलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न उहाँले पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । “कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन् । यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ । यो उदारताको गठबन्धनमा रहेका दलले सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेता महरले स्ववियु मिनी संसद् भएकाले यसको निर्वाचनमा विना गठबन्धन सफलता हात पार्नु नेविसङ्घ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताउनुभयो । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र क्याम्पसमा अनियमितता बढेको उहाँको भनाइ थियो ।

“कतिपय क्याम्पसमा दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन । यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमिता भइरहेको छ । विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन । पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किँदो छ । ठूलो सङ्ख्यामा सक्षम युवा नेतृत्व निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?