Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित


प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिनुभएको थियो । उक्त नियमापत्ति पछि सभामुख घिमिरेले ३ मिनेट घण्टि बजाई सचिवालयका कर्मचारीलाई सांसदको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको सङ्ख्या एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार कम्तिमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?