Trending
>>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री >>   स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार >>   बेरोजगारी,आर्थिक संकट र लागुऔषधका कारण मानसिक समस्यामा वृद्धि :सांसद इन्दिरादेवी >>   खराब कर्जाको चुलिंदो संकट: एक दर्जनभन्दा बढी बैंक उच्च जोखिममा >>   पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः प्रचण्ड >>   अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा >>   व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल साउन ३० गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल >>   देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः… >>   दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित


प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिनुभएको थियो । उक्त नियमापत्ति पछि सभामुख घिमिरेले ३ मिनेट घण्टि बजाई सचिवालयका कर्मचारीलाई सांसदको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको सङ्ख्या एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार कम्तिमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?