Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की


८ ,असोज ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उनले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरे ।

बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकीर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिए ।

उनले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोशी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर छ भने ।

उनले सङ्घीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याए ।

खुल्ला सीमा व्यवस्थित भएमा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफूतर्फ लागि परेको बताए । कोशी प्रदेशमा लागू औषध दुव्र्यसनीको ठूलो समस्या रहेको भन्दै उहाँले चाडपर्वको समयमा बजारमा कालोबजारी हुन नदिन प्रहरी प्रशासन चनाखो हुनुपर्ने धारणा राखे ।

उनले कोशी प्रदेशमा जनताले चुनाव नचाहेको अवस्थामा कोशी प्रदेश सरकारलाई स्थिर बनाउन केन्द्र तहका राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?