Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दुई किशोरीको उद्धार


६ ,असोज ,पाटन (ललितपुर) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ ।

उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, “सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।”

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तिको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताईन् ।

“स्वदेश फिर्तिको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौं, परिवारले सूचना ल्याएपछि कर्मचारी परिचान गर्दा हामीले १७ नेपाली एकै पटक उद्धार गर्यो, उद्धार गरिएका फेरि २०१८ मा हराए, फेरि दुई वर्षपछि उद्धार गरेर ल्यायौँ, दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्, यसका लागि मन्त्रालय र मन्त्रीज्यूले आवश्यक पहलकदमी लिइदिनहुन्छ भन्ने आशा छ”, तामाङले भनिन् ।

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताए ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?