Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ


६ ,असोज ,काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक रु ६० हजार हुने प्रलोभन पारी रु तीन लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

तीन लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

पक्राउ धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?