Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ


६ ,असोज ,काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक रु ६० हजार हुने प्रलोभन पारी रु तीन लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

तीन लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

पक्राउ धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?