Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

उपराष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट


५ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाईयोङले शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति कार्यालयमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचका द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विविध आयामबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७४ मा नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि दुई देशबीच घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध निकै पुरानो रहेको बताए ।

“हाम्रा द्विपक्षीयसम्बन्ध आपसी विश्वास, समझदारी एवं सहयोगमा आधारित छन्”, उनले भने, “दुई देश र जनता जनताबीच राम्रो मित्रता, समझदारी र आपसी सहयोगका निरन्तर अभिवृद्धि भइरहेको छ ।”

उनले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको बताए । “कोरिया सरकारले नेपाललाई विकास सहयोगको क्षेत्रमा प्राथमिकता साझेदार मुलुकका रूपमा मान्यता दिई सहयोगलाई निरन्तरता दिएकोमा धन्यवाद दिन चाहन्छु”, उनले भने, “हामीले सहयोग कार्य गर्ने आर्थिक क्षेत्रका प्राथमिकता निर्धारण गर्ने दिशामा छलफल अघि बढेको छ भन्ने विश्वास लिएको छु ।”

उनले नेपालमा पछिल्लो समयमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग एवं लगानी गर्न कोरिया सरकारलाई राजदूतमार्फत आग्रह गरे ।

उपराष्ट्रपतिले औद्योगिक विकास, कृषि, जलविद्युत् विकासको लागि कोरियाको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको बताए । उनले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रगाढ भएको भन्दै नेपाल मन पराउने बौद्धमार्गी कोरियालीमा उल्लेख्य रहेको जनाए । भेटमा राजदूत पार्कले आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?