Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

महिला फुटबलमा नेपाल भियतनामसँग पराजित


५ ,असोज ,काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ ।

चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक/एक गोल गरे ।

खेलको ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन् ।

नेपालले अब आफनो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?