Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

निजामती ऐन बन्ने अन्तिम चरणमा– मन्त्री राई


सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिनुभयो । “अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भन्नुभयो ।

उहाँले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री राईसहित धनकुटा प्रदेशसभा (१)का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गर्नुभएको थियो । छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको जानकारी दिनुभयो । देश सङ्घीयतामा गएपछि समायोजन ऐन ल्याएर तीनै तहका कर्मचारी समायोजन गरिए पनि ऐन बनेर नआउँदा प्रदेश र स्थानीय तह आफैँले कामचलाउ ऐन ल्याएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“त्यो पनि भोलि सङ्घको ऐनसँग बाझिने हो कि के हुने हो थाहा छैन”, कार्कीले गुनासो पोख्नुभयो । सहिदभूमि पुग्नुभएका मन्त्री राईले पालिकाको वडा नं ६ थलथले बजारमा रहेको ठाकुरदेवी माविको रु ६९ लाख ५० हजारमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गर्नुभएको छ । यसै क्रममा नेकपा (एमाले) सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा पुगेर राईले विसं २०३६ मा पञ्चायती शासकहरुद्वारा हत्या गरिएका १६ सहिदहरूको सालिकमा माल्याअर्पण गर्नुभयो ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?