Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

निजामती ऐन बन्ने अन्तिम चरणमा– मन्त्री राई


सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिनुभयो । “अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भन्नुभयो ।

उहाँले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री राईसहित धनकुटा प्रदेशसभा (१)का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गर्नुभएको थियो । छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको जानकारी दिनुभयो । देश सङ्घीयतामा गएपछि समायोजन ऐन ल्याएर तीनै तहका कर्मचारी समायोजन गरिए पनि ऐन बनेर नआउँदा प्रदेश र स्थानीय तह आफैँले कामचलाउ ऐन ल्याएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“त्यो पनि भोलि सङ्घको ऐनसँग बाझिने हो कि के हुने हो थाहा छैन”, कार्कीले गुनासो पोख्नुभयो । सहिदभूमि पुग्नुभएका मन्त्री राईले पालिकाको वडा नं ६ थलथले बजारमा रहेको ठाकुरदेवी माविको रु ६९ लाख ५० हजारमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गर्नुभएको छ । यसै क्रममा नेकपा (एमाले) सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा पुगेर राईले विसं २०३६ मा पञ्चायती शासकहरुद्वारा हत्या गरिएका १६ सहिदहरूको सालिकमा माल्याअर्पण गर्नुभयो ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?