Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

युक्रेनले खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभए व्यापार प्रतिबन्ध लगाउने


३ ,असोज ,काठमाडौँ । युरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्रले आफ्नो खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा उनीहरूमाथि व्यापार प्रतिबन्ध लगाउने विचार गरिरहेको युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले मङ्गलबार बताएका छन् ।

“पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले युरोपेली आयोगसँग वार्ता गरेका उपायहरूमा सहमत नभएसम्म युक्रेनले पारस्परिक व्यापार प्रतिबन्धहरू लगाउनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले भनेको छ ।

युक्रेनबाट खाद्यान्न आपूर्तिमा प्रतिबन्ध लगाउने छिमेकी देशहरूको घोषणालाई युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षालाई असर पार्ने निर्णयका रूपमा उनले वर्णन गरे ।

“यो युरोपेली आयोगको सिफारिसको विपरीत छ र यसले युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षाको कानुनलाई उल्लङ्घन गर्छ ।” युक्रेनले आफ्ना छिमेकी देशहरूलाई बजार विकृति रोक्न कृषि उत्पादनका चार समूहको निर्यातका लागि प्रभावकारी नियन्त्रणका उपायहरू लागू गर्ने बताएको छ ।

युरोपेली आयोगले गत साता बुल्गेरिया, रोमानिया, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियामा युक्रेनी कृषि उत्पादनमा लगाइएको प्रतिबन्ध नबढाउने निर्णय गरेको बताएको थियो । आयोगको निर्णयको बावजुद पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?