Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता


२ ,असोज ,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् ।

आज रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपालको आर्थिक एवं पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गरे । साथै, उनले प्रधानमन्त्रीको आगामी साता हुने चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत छेन सोङले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए ।

साथै दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको लिन्ज्ही सहरमा आगामी अक्टोबरमा आयोजना हुने ‘द थर्ड ट्रान्स हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेसन’ कार्यक्रममा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गरे ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?