Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने


३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ ।

एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे । यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ ।

गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो । सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ ।

उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो ।

नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ ।

जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ ।

प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?