Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा


३० ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरेका हुन् ।

“विपी भन्छन् नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भने, “विपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ” उनले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे ।

“मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उनले भने, “यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ ।”

उनले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए । “यो पुस्तक कांग्रेस भएर महामानव (विपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ”, उनले पाठकलाई सुझाव दिँदै भने ।

कांग्रेसका महामन्त्री थापाले विपीले अध्ययन गरेका वा उनले सिफारिस गरेका पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताए । यस्तै विपीले पढेका साहित्यमा उनि स्वयंले गरेको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिए ।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै विपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए । उनले भने, “विपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।”

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै विपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिए । उनले विपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताए ।

“यस पुस्तकमा विपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको विपीबारे बुझ्न सकिन्छ”, उनले भने । समाजवादको सविस्तारदेखि विपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू विपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा विपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटेको बताए ।

यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले विपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिईन् ।

प्रा डा कृष्ण खनालले विपीको जेल डायरीमा जीवन्तता पाइने बताए । विपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?