Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


३० ,भाद्र ,काठमाडौँ । गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?