Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


३० ,भाद्र ,काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?