Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

चाडपर्व नजिकिएसँगै बढ्यो कुम्हाल र मूर्तिकारको व्यस्तता


२९ भदौ, महोत्तरी। चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् ।

प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा छ । त्यसैले अहिले माटो मुछेर बनाइएका विश्वकर्माका मूर्तिमा मूर्तिकार अन्तिम सीप तिखार्दैछन् । “मूर्ति बनिसके, अब कतै रङ मिले÷नमिलेको हेर्दैछु”, भङ्गाहा–४ रामनगरका मूर्तिकार अनुप महरा भन्छन्, “अब आज र भोलि त हो नि, अन्तिम रङ भर्ने, पर्सि त मूर्ति ग्राहकले लगिहाल्छन् ।”

मिथिलामा स–साना लघुउद्यम, कलकारखाना र ज्यावल बेचबिखन गर्ने पसलमा विश्वकर्माको प्रतिमा प्रतिस्थापन गरी उल्लासका साथ यो पर्व मनाउने परम्परा छ ।

पर्वका लागि विश्वकर्माका मूर्तिको माग भएपछि मूर्तिकारको अहिले व्यस्तता बढेको हो । मिथिलामा विश्वकर्मा पूजनोत्सवजस्तै दुर्गा पूजा (बडादशैँ), दीपावली, वसन्तपञ्चमी र श्रीकृष्ण जन्माष्टमी पर्व मूर्तिकारका लागि सीप बिक्ने मुख्य पर्व हुन् ।

मूर्तिकारजस्तै माटो मुछेरै विभिन्न प्रकारका भाँडा बनाउने कुम्हालको पनि अहिले व्यस्तता बढेको छ । अहिले मुखमा रहेको चौरचन पर्वमा माटाका तौला, छ्याँची र दियौरीजस्ता सामानको माग हुने भएपछि कुम्हाल चक्रमा यी भाँडा ढाल्न, सुकाउन र बजार पुर्याउन व्यस्त भएका हुन् ।

भदौ शुक्ल चौथी तिथिका दिन चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा माटोका नयाँ तौलामा पूजा सामग्री राखिने, नयाँ छ्याँचीमा दही जमाउने र त्यही दही अर्घ्य दिने र नयाँ दियौरीमा कपास कातेर बनाइएका बत्ती बाल्ने चलनले यो पर्वमा माटोका भाँडाको माग हुने गरेको हो ।

मिथिलामा चौरचनजस्तै जितिया, दशहारा (बडादशैँ), दीपावली, छठ र जुडशीतलजस्ता पर्वमा माटाका भाँडाको प्रयोग गरिने र यी नयाँ हुनपर्ने मान्यताले यी अवसरमा कुम्हालको सीप बिक्दै आएको छ । यी चाडपर्वका अवसरमा हुने आर्जनले नै वर्षभरिको घरको नगद खर्च सञ्चय गर्नुपर्ने हुँदा यी चाडपर्व आफ्नो आर्जनका मुख्य बेला हुने गरेका कुम्हाल बताउँछन् ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?