Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चाडपर्व नजिकिएसँगै बढ्यो कुम्हाल र मूर्तिकारको व्यस्तता


२९ भदौ, महोत्तरी। चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् ।

प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा छ । त्यसैले अहिले माटो मुछेर बनाइएका विश्वकर्माका मूर्तिमा मूर्तिकार अन्तिम सीप तिखार्दैछन् । “मूर्ति बनिसके, अब कतै रङ मिले÷नमिलेको हेर्दैछु”, भङ्गाहा–४ रामनगरका मूर्तिकार अनुप महरा भन्छन्, “अब आज र भोलि त हो नि, अन्तिम रङ भर्ने, पर्सि त मूर्ति ग्राहकले लगिहाल्छन् ।”

मिथिलामा स–साना लघुउद्यम, कलकारखाना र ज्यावल बेचबिखन गर्ने पसलमा विश्वकर्माको प्रतिमा प्रतिस्थापन गरी उल्लासका साथ यो पर्व मनाउने परम्परा छ ।

पर्वका लागि विश्वकर्माका मूर्तिको माग भएपछि मूर्तिकारको अहिले व्यस्तता बढेको हो । मिथिलामा विश्वकर्मा पूजनोत्सवजस्तै दुर्गा पूजा (बडादशैँ), दीपावली, वसन्तपञ्चमी र श्रीकृष्ण जन्माष्टमी पर्व मूर्तिकारका लागि सीप बिक्ने मुख्य पर्व हुन् ।

मूर्तिकारजस्तै माटो मुछेरै विभिन्न प्रकारका भाँडा बनाउने कुम्हालको पनि अहिले व्यस्तता बढेको छ । अहिले मुखमा रहेको चौरचन पर्वमा माटाका तौला, छ्याँची र दियौरीजस्ता सामानको माग हुने भएपछि कुम्हाल चक्रमा यी भाँडा ढाल्न, सुकाउन र बजार पुर्याउन व्यस्त भएका हुन् ।

भदौ शुक्ल चौथी तिथिका दिन चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा माटोका नयाँ तौलामा पूजा सामग्री राखिने, नयाँ छ्याँचीमा दही जमाउने र त्यही दही अर्घ्य दिने र नयाँ दियौरीमा कपास कातेर बनाइएका बत्ती बाल्ने चलनले यो पर्वमा माटोका भाँडाको माग हुने गरेको हो ।

मिथिलामा चौरचनजस्तै जितिया, दशहारा (बडादशैँ), दीपावली, छठ र जुडशीतलजस्ता पर्वमा माटाका भाँडाको प्रयोग गरिने र यी नयाँ हुनपर्ने मान्यताले यी अवसरमा कुम्हालको सीप बिक्दै आएको छ । यी चाडपर्वका अवसरमा हुने आर्जनले नै वर्षभरिको घरको नगद खर्च सञ्चय गर्नुपर्ने हुँदा यी चाडपर्व आफ्नो आर्जनका मुख्य बेला हुने गरेका कुम्हाल बताउँछन् ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?