Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दुई चिकित्सकमाथि हातपात गर्ने चार पक्राउ


२८ ,भाद्र ,बागमती । हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि हिजो अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो ।

उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि आज प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

घटना विवरणअनुसार एक महिना अगाडि डेङ्गु रोगबाट सङ्क्रमित हेटाँैडा–१२ पदमपोखरीका४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो ।

सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो । त्यहाँ मेडिकल कलेजमा डेङ्गु सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो । कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ ।

साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आदेश दिएका थिए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?