Trending
>>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात


२६ ,भाद्र ,जुम्ला । जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भने, “गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।”

स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ ।

अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।

जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ ।

स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

किसानको बगैँचाबाट प्रतिकेजी रू ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।

“भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ”। सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भने, “अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी रु ५० देखि ६० मा किन्ने गरेका छन् ।”

जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिए । नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ ।

किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिए ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?