Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विवादमा ‘एक भगवत् गीता’


२४ ,भाद्र ,काठमाडौँ । विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ ।

निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो ।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताए ।

उनले भने, “बोर्ड र मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौँ । जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौँ । निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो ।”

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म–संस्कृतिमाथि आँच पुर्याएको दाबी गरिएको छ ।

“श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ । त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं । नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन”, निवेदनमा उल्लेख छ ।

निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताए । “हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायाङ्कन गर्यौँ ।

अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायीक क्षति हुन्छ”, निर्माता थापाले भनर, “हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्याङ्कन गर्न जाँचपास समिति छ । उहाँहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु । यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?