Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

कालीगण्डकीमा पुल निर्माण अलपत्र


वलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो । विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको थियो ।

तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ । पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताउनुभयो । पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ । दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उहाँले बताउनुभयो । पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताउनुभयो । “पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छाँै, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छाँै, पुल निर्माण चाँडो होस् भन्ने छ”, बास्तोलाले भन्नुभयो । पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन । गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ । सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताउनुभयो ।

पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् । कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत रु २२ करोड ९८ लाख रहेको छ । पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ । पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?