Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कालीगण्डकीमा पुल निर्माण अलपत्र


वलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो । विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको थियो ।

तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ । पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताउनुभयो । पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ । दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उहाँले बताउनुभयो । पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताउनुभयो । “पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छाँै, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छाँै, पुल निर्माण चाँडो होस् भन्ने छ”, बास्तोलाले भन्नुभयो । पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन । गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ । सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताउनुभयो ।

पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् । कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत रु २२ करोड ९८ लाख रहेको छ । पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ । पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?