Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदै


२३ ,भाद्र ,बेनी (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचारप्रसारलगायतको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

सम्मेलनमा क्षेत्र ख अन्तर्गतका ४१ शखाका करिब छ सयले सहभागिता जनाउने आयोजकले जनाएको छ । सम्मेलनलाई अविस्मरणीय बनाउन आर्थिक सङ्कलन, प्रचारप्रसार, कार्यक्रमस्थल व्यवस्थापन, होटल व्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिकालगायतको काम अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिए ।

म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, स्थानीय उत्पादित वस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसँग जोडिएको शाखा अध्यक्ष बानियाँको भनाइ छ ।

उनले सम्मेलन सम्पन्न गराउन रु ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिँदै सम्मेलन अवधिमा म्याग्दीमा रु एक करोडको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

कार्यक्रममा सम्मेलनका सभापति एवं नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिकस्थलको भ्रमण गराउनेसमेत तयारी गरिएको छ ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन् । सम्मेलनमा सहभागी हुन आउनेलाई म्याग्दीकै जङ्गलमा पाइने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल उपहार दिने तयारी गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?