Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ


२३ ,भाद्र ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए ।

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?