Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सांसद सापकोटाद्वारा ढाकामा ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन : दक्षिण एसियाली मुलुकहरुले हातेमालो गर्नुपर्नेमा जोड


ढाका, २३ भदौ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् । त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो । सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए । उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल, एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् । बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए । ‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने, ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’

बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?