Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

यसरी गर्न सकिन्छ तनाब व्यवस्थापन…


२३ ,भाद्र ,काठमाडौँ । वरिष्ठ मनोचिकित्सक डा अरविन्द भुसालले नागरिक वर्तमान समय केन्द्रित भएमा तनाब व्यवस्थापन गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागद्वारा हिजो आयोजित ‘तनाब व्यवस्थापन परामर्श तथा तीज’ कार्यक्रममा उनले पछिल्लो समयमा नागरिक भविष्यको चिन्ताले थप जीवनलाई चिन्तातर्फ उन्मुख गराउने बताए ।

उनले सबै नागरिक वर्तमान समय केन्द्रित भएमा केही तनाब व्यवस्थापन गर्न सकिने विश्वास दिलाए ।

व्यक्तिअनुसार तनाब व्यवस्थापन गर्ने तरिका फरक भए पनि समयमा सुत्ने, स्वस्थ खानेकुरा खाने, योगध्यान गर्ने, आफ्नो क्षमताअनुसार आकांक्षा राख्ने, पारिवारिक शान्त वातावरण सिर्जना गर्ने, जिम्मेवारीमा समानता कायम गर्ने, औचित्यअनुसार केही विषय अस्वीकार गर्ने लगायतका अभ्यासबाट तनाब व्यवस्थापन गर्न सकिने डा भुसालले बताए ।

आफ्ना लक्ष्यलाई प्रभावकारी रुपमा साकार पार्न सकारात्मक तनाब सबै नागिरकका लागि फाइदाजनक भए पनि पछिल्लो समयमा मानिसको कार्य व्यस्तता, पारिवारिक खटपट लगायतका नकारात्मक तनावको हाबी हुनाले व्यक्ति तनाव व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले सामूहिक कार्यक्रमले पेशाकर्मीबीच आपसी सहकार्य तथा सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउने बताउँदै मुलुकका सामाजिक सांस्कृतिक जगेर्ना गर्न मौलिक संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कर्मचारी स्वास्थ तथा तनाबमुक्त हुन सकेमा मात्र पेशा स्वस्थ हुनाले तनाब व्यवस्थापनलाई ध्यान दिन जरुरी रहेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कामको शिलशिलामा आइपर्ने तनाबलाई व्यवस्थापन गर्न आजको कार्यक्रमले केही टेवा पुर्याउनेमा विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागका संयोजक तारा अधिकारीले विशेष गरी पत्रकारिता क्षेत्रमा आबद्ध अधिकांश महिला चिन्ताजनक रहेकाले महिला लक्षित गरी आज कार्यक्रम राखिएको बताए ।

पछिका दिनमा विभागले तनाब व्यवस्थापन परामर्शसम्बन्धी एक दिने गोष्ठी सञ्चालन गर्ने उनले जानकारी दिए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?