Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

स्वदेशी उत्पादन प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौता


२३ ,भाद्र ,काठमाडौँ । राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ।

शुक्रबार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो।

राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए।

“राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ”, सम्झौता कार्यक्रममा उनले भने, ” हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं।राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो। यसलाई अझ उचाइमा पुर्यातउने हाम्रो साझा लक्ष्य हो।”

आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकोले आफूले सहकार्य गर्ने निर्णय गरेको बताए।

“राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरमको उत्पादनहरू देशैभरी आफ्ना विक्रेताहरू मार्फत उपलब्ध गराउनेछ”, श्रेष्ठले भने, “नेपालमै बनेका इन्टेरियर सामाग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढवा दिने कार्य हाम्रो कम्पनिबाट हुनेछ।”


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?