Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

स्वदेशी उत्पादन प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौता


२३ ,भाद्र ,काठमाडौँ । राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ।

शुक्रबार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो।

राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए।

“राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ”, सम्झौता कार्यक्रममा उनले भने, ” हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं।राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो। यसलाई अझ उचाइमा पुर्यातउने हाम्रो साझा लक्ष्य हो।”

आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकोले आफूले सहकार्य गर्ने निर्णय गरेको बताए।

“राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरमको उत्पादनहरू देशैभरी आफ्ना विक्रेताहरू मार्फत उपलब्ध गराउनेछ”, श्रेष्ठले भने, “नेपालमै बनेका इन्टेरियर सामाग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढवा दिने कार्य हाम्रो कम्पनिबाट हुनेछ।”


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?