Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

‘ह राम पण्डित’ मञ्चन हुँदै


२२ ,भाद्र ,काठमाडौँ । स्वर्गीय भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ ।

निर्देशक बारत लिम्बूले निर्देशन गर्ने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार गरिरहेको छ ।

जीवनमा गरेका कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा जानुपर्ने हिन्दू धर्ममा आधारित लोक विश्वासमा रहेको नाटक यही भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ ।

‘‘पाप र धर्मको लेखाजोखा हुँदा यो प्रणालीमा मृतकले चित्रगुप्तको कार्यालयमा प्रशासनिकरूपमा सामना गर्ने झमेलालाई नाटकमा प्रस्तुत गरिएको छ’’, निर्देशक लिम्बूले भने ।

नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गर्नेछन् ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?