Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

‘ह राम पण्डित’ मञ्चन हुँदै


२२ ,भाद्र ,काठमाडौँ । स्वर्गीय भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ ।

निर्देशक बारत लिम्बूले निर्देशन गर्ने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार गरिरहेको छ ।

जीवनमा गरेका कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा जानुपर्ने हिन्दू धर्ममा आधारित लोक विश्वासमा रहेको नाटक यही भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ ।

‘‘पाप र धर्मको लेखाजोखा हुँदा यो प्रणालीमा मृतकले चित्रगुप्तको कार्यालयमा प्रशासनिकरूपमा सामना गर्ने झमेलालाई नाटकमा प्रस्तुत गरिएको छ’’, निर्देशक लिम्बूले भने ।

नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गर्नेछन् ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?