Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक


सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच सय ७२ ले सेवा लिएका छन् । आँखा परीक्षण चार सय ४३ जनाको भएकोमा मोतियाबिन्दु भएको २९ बिरामी भेटिएका छन् ।

रक्त परीक्षण गरिएको चार सय २८ मा १० जनामा मधुमेह भेटियो । क्षयरोगको शङ्कास्पद पाँच जना देखिएका छन् । स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हँुदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन गरिने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै रु २५ लाख रकम विनियोजन गरेको छ । आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रमसमेत ल्याउने नगरप्रमुख सापकोटाले बताउनुभयो । नगर जनस्वास्थ्य अधिकृत दिनेश नेपालका अनुसार पहिलो चरणमा प्रत्येक वडामा शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ । आवश्यकताअनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने नेपालले बताउनुभयो । पहिला एक पटक आँखा जाँच गर्दा काठमाडौँ जाने सल्लाह पाए पनि पैसा नभएर जान नसकेको अवस्थामा गाउँमै शिविर सञ्चालन भएपछि भिमटारकी ७० वर्षीया वृद्ध धनमाया माझीले खुसी व्यक्त गर्नुभयो ।

आइतबारको शिविरमा एकै व्यक्तिमा तीन/चार वटा दीर्घरोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान भनिएको छ । स्वास्थ्यकर्मी औषधोपचार नपाएका अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानीय कालिका दुलालले बताउनुभयो । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?