Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या


२२ ,भाद्र ,भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो ।

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । \

सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ ।

सर्पको डसाइको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताए । “समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ”, उनले भने, “खेतबारीमा काम गर्नैपर्यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ । सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ । सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ ।”

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन् । तर सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ । प्रायः यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन् ।

समयमा उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिबहादुर लम्सालले बताए । सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

सर्पले डसाइपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले गाउँघरमा धेरैको ज्यान जाने गरेको अवस्था रहेको उनले बताए ।

सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

सर्प घस्रने प्रजातिको एक प्राणी हो । गर्मी बढेसँगै आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन् । सर्पको विषलाई निकै खतरनाक मान्निछ । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ ।

यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञहरूका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु)लाई क्षतिग्रस्त पार्छ ।

यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तश्राव हुने चिकित्सकको भनाइ छ । विषमा रहेको न्यूरोटाक्सिन स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ । सर्पको डसाइबाट शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?