Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना


२१ भदौ, एजेन्सी । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताए । उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्र्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन् । सन् २०१६ यता अस्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन । आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकमा भाग लिन इन्डोनेशिया आएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेको पत्रकारहरूलाई बताए ।

प्रधानमन्त्री अल्बानिजको यो भनाइ अष्ट्रेलियाको आयातमा चिनियाँ प्रतिबन्धलगायत राजनीतिक एवं आर्थिक मुद्दामा वर्षौंदेखि जारी द्वन्द्वपछि आएको हो । उनले निमन्त्रणाका लागि राष्ट्रपति सीप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री लीसँगको वार्ता रचनात्मक भएको बताए । यद्यपि उनले दुई देशबीच सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको बताए ।

चीनमा अष्ट्रेलियाली प्रतिनिधिमण्डल

फ्रान्सेली समाचार समिति एएफपीका अनुसार अष्ट्रेलियाले आजै चिनियाँ समकक्षीहरूसँग वार्ता गर्न उद्योग, सरकार, प्राज्ञिक, सञ्चारमाध्यम र कला क्षेत्रका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिमण्डल बेइजिङ पठाएको छ । सन् २०२० देखि रोकिएको दोहोरो संवाद यो भ्रमणबाट पुनः सुरु हुने र दुवै देशबीच सुसम्बन्ध कायम हुने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले गत साताको छलफलले द्विपक्षीय संलग्नता बढाउन र चीनसँगको सम्बन्धलाई स्थिर बनाउन प्रयास गरेको बताएका छन् । अष्ट्रेलियाले विद्युतीय उपकरण उत्पादक चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको र कोभिड–१९ महामारीको उत्पत्तिबारे स्वतन्त्र छानबिनको माग गरेपछि क्याबेराप्रति बेइजिङ आक्रोशित भएको थियो ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?