Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ


१८ ,भाद्र ,चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् ।

तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो ।

ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो ।

अस्पतालमा क्लिनिककै चिकित्सकले पुर्याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो ।

नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?