Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन


१८ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ ।

भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो ।

समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, प्रा डा गोविन्दराज पोखरेल, हरिशरण नेपाली छन् ।

केन्द्रीय सदस्य नानु बाँस्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, डा नवराज लम्साल, डा रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्यमा रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?