Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन


१८ ,भाद्र ,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए ।

यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पुर्याई गणना सम्पन्न भएको थियो।

यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत रु आठ लाख २४ हजार सात सय सङ्कलन गरेको छ ।

सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार दुई सय ४७ भक्तजन गोसाइँकुण्ड गएको आफ्नो ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो ।

प्रतिव्यक्ति रु एक सय लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट सङ्कलन उक्त शुल्क रकम राजस्व खातामा दाखिला भइसकेको छ ।

यस्तै गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।

तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार सङ्घलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिए ।

लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी सङ्ख्यामा कमी आएको उनले बताए ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?