Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु


१७ ,भाद्र , वाद मदानी, सुडान । सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।

दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छिमेकीको प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समिति धेरै स्वयम्सेवक समूहहरू मध्ये एक हो र यसले प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई समर्थन गर्दछ । अहिले सेना र अर्धसैनिक लडाकुहरू बीचको क्रसफायरमा स्वयमंसेवक समूहहरूले फसेका परिवारहरूलाई सहयोग प्रदान गर्छन् ।

यसअघि जारी गरिएको एक वक्तव्यमा उनीहरूले मृतकमा दुई जना बालबालिका पनि रहेको र थप मृत्युको रेकर्ड नभएको जानकारी दिएका थिए ।

बम विस्फोटमा उनीहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण उनीहरूको शरीरलाई तत्काल अस्पताल लैजान नसकिएको र परिचय खुल्न पनि नसकेको जनाइएको थियो ।

सशस्त्र द्वन्द्वस्थल र घटनाको तथ्याङ्क सङ्कलन कार्यक्रमका अनुसार अप्रिल १५ मा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच युद्ध सुरु भएयता करिब पाँच हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

सुडानी सशस्त्र बलले आकाशलाई नियन्त्रण गरेको छ र नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकहरूमा प्रभुत्व जमाएका छन् ।

पश्चिमी मुलुकहरूले पश्चिमी डार्फर क्षेत्रमा जातीयताका आधारमा अर्धसैनिक बल र सहयोगी मिलिसियाको हत्या गरेको आरोप लगाउँदै आएका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको नयाँ अनुसन्धान सुरु गरेको छ ।

सेनामाथि जुलाई ८ मा भएको हवाई हमलामा करिब दुई दर्जन सर्वसाधारणको ज्यान जानेगरी भएको दुव्र्यवहारको आरोप पनि लागेको छ ।

सुडानका चार करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस ‘अनिकालबाट एक कदम टाढा’ रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद अन्तरराष्ट्रिय निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या हो ।

सुडानका ४ करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस चरम अनिकालको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद विश्व निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी हो ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?