Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु


धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ मा एक बालक खुटिया खोलामा डुबेर मृत्यु भएको छ।

आइतबार दिउँसो घरबाट निस्केका बालक साँझसम्म नफर्केपछि परिवारले खोजी थालेको थियो। खोजतलासका क्रममा उनी दुई साथीसँग खोलामा नुहाउन गएको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

खोलामा नुहाउन संगै गएको साथीहरूको बयानका आधारमा खोजतलास गर्दा आइतबार राति बालकले लगाएको चप्पल खोला किनारमा फेला परेको थियो। पुनः सोमबार बिहान खोजी गर्दा बालकको शव खोलामै भेटिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?