Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्


१७ ,भाद्र ,उदयपुर । गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

बेपत्ता चौधरीको शुक्रबारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ । बेपत्ता चौधरी चौदण्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?