Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

अर्थतन्त्रको संकेतलाई केलाएर अगाडि बढ्नुको बिकल्प छैन: अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्र केही समस्यामा छ ।

‘तर धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् । जेसिसका साथीहरुले सकरात्मक छलफलको अगुवा गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो ।

अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उहाँले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गनुभयो ।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उहाँले यो धेरै समय नरहने बताउनुभयो । अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताउनु भयो ।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताउनुभयो ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?