Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अर्थतन्त्रको संकेतलाई केलाएर अगाडि बढ्नुको बिकल्प छैन: अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्र केही समस्यामा छ ।

‘तर धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् । जेसिसका साथीहरुले सकरात्मक छलफलको अगुवा गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो ।

अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उहाँले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गनुभयो ।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उहाँले यो धेरै समय नरहने बताउनुभयो । अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताउनु भयो ।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताउनुभयो ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?