Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती


१४ भदाै, झापा । गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष रु एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो ।

स्थानीय शम्भू थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताए । “थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ । बजारको पनि समस्या छैन”, उनि भन्छन्, “धान लगायो भने आम्दानी लिन छ महिना पर्खनुपर्छ । सागले लगाएको डेढमहिनामै आम्दानी दिन सुरु गर्छ ।”

विगत तीन वर्षदेखि उनले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आएका छन् । उनले व्यापारीले बारीबाटै प्रतिमुठा रु ५० देखि ६० ले लैजाने गरेको बताए । उनले प्रतिटनेल साग बिक्रीबाट रु १० हजार बढी आम्दानी हुने बताए ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताए । उनले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिए । “यो सागको सिजन होइन”, उनले भने, “धेरैले उत्पादन गरेका छैनन् । त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन् ।”

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिए ।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उनको भनाइ छ । जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आएका छन् ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?