Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती


१४ भदाै, झापा । गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष रु एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो ।

स्थानीय शम्भू थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताए । “थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ । बजारको पनि समस्या छैन”, उनि भन्छन्, “धान लगायो भने आम्दानी लिन छ महिना पर्खनुपर्छ । सागले लगाएको डेढमहिनामै आम्दानी दिन सुरु गर्छ ।”

विगत तीन वर्षदेखि उनले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आएका छन् । उनले व्यापारीले बारीबाटै प्रतिमुठा रु ५० देखि ६० ले लैजाने गरेको बताए । उनले प्रतिटनेल साग बिक्रीबाट रु १० हजार बढी आम्दानी हुने बताए ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताए । उनले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिए । “यो सागको सिजन होइन”, उनले भने, “धेरैले उत्पादन गरेका छैनन् । त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन् ।”

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिए ।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उनको भनाइ छ । जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आएका छन् ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?