Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

थुक्क स्वार्थी समाज !


गणेश लम्साल

यो सुनकाणड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो । तर मलाई भने यो समयमा नचाहँदा पनि यो स्टास लेख्नुपर्ने बाध्यता भयो ।कुरा हो मेरी जिवन संगीनी कमला लम्साल दलित ( विश्वकर्मा समुदायकी हुन) । उनीसँगै मैल घर समाजसँग विद्रोह गरेर २९ बर्ष अघि विवाह गरेको हुँ । संघर्षका क्रममा हामीले धेरै उतार चढाव झेल्यौ । मजदुरबाट पत्रकार हुदै निष्ठापुर्वक आफनो पेशालाई निरन्तर सहयोग पुरयाइरहेको छु ।

समाजले सम्मान पनि दिएको छ। मेरा दुई छोरीहरु शिक्षित छन । दुबैले पत्रकारिताको उच्च शिक्षा अध्यन गरेका छन । कान्छि छोरी एमपिएमा मास्टर्स पनि गदैछिन सत्ताईस बर्षको डेराबास पछि हामीले आफनो कमाईबाट बल्ल तीन महिना अधि ऋणपान गरेर याक्सो ( घर बनाएर ) मोंरंगको करैगा गाउँमा बसोवास गर्न थाल्यौ । छिमेकीहरुलाई सकेको हार्दिक सहयोग पनि गरिरहेका छौ । तर जब उनिहरुले मेरी जिवन साथी विश्वकर्मा हुन भन्ने थहा पाए तव हाम्री छोरीहरुलाई मानसिक यातना दिन थालेका छन । मैले जग्गा खरिद गरेर घर बनाउँदा पनि आफनो परिचय लुकाएको थिईन । लुकाउँदिन पनि । सकभर सबैलाई सम्झाउने प्रयत्न गर्छु तर आज मलाई साहै पिडा भएको छ, । छिमेकीले हाम्रौ परिवालाई दलित भनेर देउता लाग्छन घर भित्र नछिर भनेर मेरा छोरीहरुलाई विभेद गर्न थालेका रहेछन । मैले चेतावनी दिएको छु ।

के कसेले जग्गा खरिद गर्दा म उचँ र निच हु भनेर अनमति लिएर मात्र बसोवास गर्नुपर्ने नियम छ ? दलितकी छोरीसँग विवाह गरेकै कारण हाम कसरी अछुत भयौ ? उच्च शिक्षा गरेका मेरा छोरी र जिवनसाथी कसुर अछुत ?दलितले जग्गा खरिद गर्दा घर बनाउँदा हामी दलित हौ यहाँ बनाउने पाउँछौ कि पाउँदैनो भनेर सोधी हिडनु पर्ने ? के अरुले ल्याएका मलेच्दहरु नेपालको सम्मानित नागरिक हुने तर मेरी जिवन साथीलाई मैले लम्साल भनेर २० बर्ष अगाडी नै नागरिकता दिलाएपनि उनी अछुत नै हुने ? छया । यो कस्तो व्यवस्था र कस्तो सोच । कसैले धम्की नलगाउनु । फेरि पनि मेरो परिवारमा जातकै कारणले मानसिक यातना दिने काम भयो भने कोही जेष्ठ नागरिक र जातिय श्रेष्ठता प्राप्त गरेकको व्यक्त्ति वा समुदाय हो भनेर म भन्ने छैन । प्रमाणसहित कानुनी उपचारमा जाने छु । हो मैले दलितकी छोरीसँग विवाह गरेकै हो ।

र हामी हाम्रो परिवार सफल बनाउन अहिले सम्म सफल भएकै छौ । तर मलाई अन्यन्तै दुख र पिडा भएको चाँही के हो भने सदियौदेखी यसरी उत्पिडन सहेर बाँचिरहेका दलितहरुले यस्तो अत्यचार झन कसरी सहिरहेका होलान ? मान्छे भएर मान्छेकै समाजमा सम्मानपुर्वक बाच्न पनि नपाउने ? अन्तमा म त्यही व्यक्त्ति हुँ जसले जातिय विभेदकै कारण जन्मदिने आमाको कर्मगर्न पाइन । मलाई र मेरी जिवनसाथी र छोरीहरुलाई स्विकार गर्न नचाहने वंशलाई पनि पनि बहिष्कार गरिरहेछु। विचारले प्रगतिशिल व्यक्त्ति मैले म र मेरा श्रीमती र छोराीहरुलाई स्विकार नगरेकै कारण कुनै आथिृक सहयोग नगर्ने घोषणालाई पनि अवलक्बन गरिरहेको छु । भोलि पनि म कुनै बंशको काजक्रिया र कर्ममाण्डमा कहिल्यै सहभागी पनि हुनेछैन । तर यो वेला कामले थाकेर आएपछि परिवारबाट यो विभेदकारी व्यवहार सुनेपछि मैले भन्नैपर्ने भएको छु , थुक्क जात व्यवस्था , थुक्क स्वार्थी समाज , थुक्क तिमिहरुको जातिय अहंकार । तर तिमिहरुले परास्त हुनैपर्छ । यो देश तिमेरुको मात्र हैन ।- लम्सालको फेसबुकबाट


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?