Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

संसदमा विश्वप्रकाशको प्रश्ताव: चार विषयमा राष्ट्रिय बहस आवश्यक


काठमाडौ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले चार विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताएका छन् । शून्य समयमा बोल्दै शर्माले यस्तो बताएका हुन् । यस्तो छ शर्माको प्रश्ताव:

म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा !
माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ ।

नेपाल प्रहरीको तथ्यांक भन्छ – आत्महत्याको दर यो दशकमा
७८% ले वृद्धि भएको छ । सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु l भोग्ने परिवारका लागि पिडाको आकार बेहिसाब छ ।

मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण निस्चय नै हुन् । तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ।

-राजनीतिमा रुपान्तरण
-सामाजिक विसंगतिहरुको अन्त्य
-झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार
– र आर्थिक विषमताको अन्त्य

यी ४ गहन बिषयमा गम्भीर रास्ट्रीय विमर्श जरुरी छ । सम्माननिय सभामुख महोदय मार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु !


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?