Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संसदमा विश्वप्रकाशको प्रश्ताव: चार विषयमा राष्ट्रिय बहस आवश्यक


काठमाडौ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले चार विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताएका छन् । शून्य समयमा बोल्दै शर्माले यस्तो बताएका हुन् । यस्तो छ शर्माको प्रश्ताव:

म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा !
माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ ।

नेपाल प्रहरीको तथ्यांक भन्छ – आत्महत्याको दर यो दशकमा
७८% ले वृद्धि भएको छ । सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु l भोग्ने परिवारका लागि पिडाको आकार बेहिसाब छ ।

मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण निस्चय नै हुन् । तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ।

-राजनीतिमा रुपान्तरण
-सामाजिक विसंगतिहरुको अन्त्य
-झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार
– र आर्थिक विषमताको अन्त्य

यी ४ गहन बिषयमा गम्भीर रास्ट्रीय विमर्श जरुरी छ । सम्माननिय सभामुख महोदय मार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु !


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?