Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

म पनि कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ : प्रधानमन्त्री प्रचण्ड


३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन् ।

इन्ट्रा फाउन्डेसनले शनिबार यहाँ आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सोही क्रममा आफू कलाकार बन्ने इच्छाबाट प्रेरित व्यक्ति भएको समेत बताएका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु ।’

 


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?