Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विसर्जनका लागि काशी लगियो प्रदीप गिरिको अस्तु


२भदाै, काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरिको अस्तु हस्तान्तरण गरेर बिदाइ गरे।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उनलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले “स्व गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ”, भने ।

स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत भएको नेता निधिले व्याख्या गरे।

स्व गिरिको अस्तु विसर्जन यात्रा आज काठमाडौँबाट हेटौँडासम्मको हुनेछ । आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ ।

राति बनारस पुगेर गङ्गा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गरिनेछ । भदौ ४ गते बनारस विश्वविद्यालयमा भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने बताइएको छ । सोही दिन साँझ प्रार्थनासभा आयोजना हुनेछ । यात्रा टोली भदौ ५ गते काठमाडौँ फर्कने अध्यक्ष शाहले जानकारी दिए ।

पशुपतिनाथ–काशी यात्राको संयोजन गरेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले प्रदीप गिरिका मित्रसँगको अन्तक्र्रिया उनी बसेका विभिन्न ठाउँको भ्रमण गरी उनको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जानकारी दिए । विसं २००४ असोज २४ गते जन्मेका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो ।

विसं २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीतिक रुपमा बढाएका नेता गिरिले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरेका थिए । निष्ठाप्रति अटल, सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?