Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा


२ भदाै, इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् ।

इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए ।

कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनको भनाइ छ । नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम आएका उनले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गरेका थिए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?