Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

पेट्रोल ढुवानीमा ट्यांकट्रक लकिङ सुरु, चुहावट रोकिने बिश्वाश


२ भदाै, काठमाडाैँ । उधोग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङको शुभारम्भ गर्नु भएको छ । अमलेखगञ्ज स्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गर्नु भएको हो ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांकट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ श्रावण १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ । हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भै अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ ।

ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो । जसअनुसार शुक्रबारबाट प्रहरी कल्याण कोष मार्फत संचालनमा रहेको नेपाल प्रहरीको पथलैया स्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्था अन्तर्गत संचालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट संचालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको हो ।

सबै पेट्रोलपम्पमा ढुवानि हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिन मै सम्पन्न हुने छ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले बिश्वाश ब्यक्त गर्नु भएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?