Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मन्त्री आचार्यको १०० दिन : मन्त्रालय र जिल्ला जोड्ने देखि नीतिगत सुधारसम्म


१ भदाै, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोडेका छन् । मन्त्री आचार्यले सयदिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क विन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्ध जोडेका हुन् ।

यस्तै मन्त्री आचार्यले यो सयदिनको अवधिमा केहि नीतिगत तथा व्यवहारिक कामहरू पनि अगाडि बढाएका छन् । जसअन्तरगत हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको छ । मन्त्रालयले पछिल्लो सय दिनमा बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्री सुरेन्द्र आचार्यले पद वहाली गरेपछिको यो अवधिमा बिभिन्न कारणले जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरिएको सचिवालयले जनाएको छ ।

त्यस्तै यो अवधिमा नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनको लागि हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्दार गरिएको छ । मन्त्रालयका अनुसार जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धार गरिएको र दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनको लागि हवाइ उद्धार गरिएको जनाएको छ ।

यसका साथै समाजमा समस्याका रुपमा रहेको वृद्दावस्था व्यवस्थापन सम्वन्धमा ७ प्रदेशमा वृद्दावस्था व्यवस्थापनको लागि वृद्धा स्याहार–सुसार सम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण सम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमति प्रदेशको काठमाण्डौ र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको जनाइएको छ ।

त्यस्तै बाल संरक्षण तथा बालबालिका सम्बन्धी एकिकृत डिजिटल तथ्यांक व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनको लागि सफ्टवयरको निर्माण गरी संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै महिलाहरुको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ । यस्तै विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम संचालन गरिएको र पोखरा,नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीहरुलाई जेल जिवन तथा जेल जिवन पश्चातको जिवन परिवर्तनको लागि सामाजिक सचेतना सहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

साथै नितिगत तहमा पनि मन्त्रालयले यो अवधिमा महत्वपूर्ण निर्णयहरूको मन्त्रालयले जनाएको छ । जस अन्तरगत ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पालेर्मो प्रोटोकलको कार्यान्वयनको लागि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको र अपाङ्गता हेरचाह सम्वन्धी आधारभुत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा संचालन सम्बन्धि कार्यविधि, २०८० को प्रारम्भिक मस्यौदा तयार भएको गरिएको छ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?